Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको लाभांश घोषणा, शेयरधनीले कति पाउने भए ?

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १२ : ३५ मा प्रकाशित

बैंक अफ काठमाण्डूको लाभांश घोषणा, शेयरधनीले कति पाउने भए ?

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावलाई  नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको