Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १५ : २३ मा प्रकाशित

इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक

अर्थ संसार, काठमाडौं - इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय रुपैयाँ बराबरको रिचार्ज जित्न सकिन्छ । इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा सय रुपैयाँ बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा सय रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुनेछ । 

रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहको इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ ।

हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको