Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार देशभर थप २ हजार ४४० जना संक्रमित थपिए, कुन जिल्लामा कति ?

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १६ : ३८ मा प्रकाशित

सोमबार देशभर थप २ हजार ४४० जना संक्रमित थपिए, कुन जिल्लामा कति ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जनासहित नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
जसमध्ये ९ सय ३७ जना महिला र १ हजार ५ सय ३ जना पुरुष छन् । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ८९ हजार २ सय ६३ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १३ हजार ७ सय ८१ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा २ हजार ४ सय ४० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा १ हजार १ सय ३३ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ६५ हजार २ सय २ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या २३  हजार ७०५ छन् । जसमध्ये होम आइशोलेसनमा १२ हजार ३ सय १६ जना रहेका छन् भने संस्थागत ११ हजार १ सय ९२ जना छन् । यस्तै ४ हजार २ सय ३ जना छन् ।
पछिल्लो २४ घन्टाको विवरण हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको