Like us!
Follow us!
Connect us!
Watch us!

दीगो स्वर्ण उत्सव: हरेक खरीदमा ४ तोलासम्म सुन उपहार !

अर्थ संसार

मंगलबार, २० असोज २०७७, ११ : ४६ मा प्रकाशित

दीगो स्वर्ण उत्सव: हरेक खरीदमा ४ तोलासम्म सुन उपहार !

अर्थ संसार, काठमाडौं - दीगोले दीगो ब्रान्डका विद्युतीय सवारी साधन खरीद गर्ने प्रत्येक ग्राहकका लागि दशैँ अफर ‘दीगो स्वर्ण उत्सव’ सार्वजनिक गरको छ ।

यो उत्सवमा ग्राहकले खरीद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् । यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् । 

यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कममर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभ पनि लिन पाउने छन् । दीगोले नेपाली बजारमा दीगो इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सव यी चारवटै मोडलहरुमा लागू हुने कम्पनीले जनाएको छ । 

दीगो इ८ ह्याचब्याक कार हो । यो मोडलको मुल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ । 

डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ । 

त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो । ९० लाख रुपैयाँमूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ ।

त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ । १ करोड २६लाख ५० हजार मूल्यतोकिएको यो बसको सिट क्षमता आवश्यकता अनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ । 

चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा बोल्दै दीगो कम्पनीका सिइओ हेमन्त पुरानिकले यो बजारमा उपलब्ध मध्येको उत्कृष्ट अफर भएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको