Like us!
Follow us!
Connect us!
Watch us!

दीगोइ८ विद्युतीय कारको मूल्य घट्यो, अब नयाँ मूल्य कति ?

अर्थ संसार

विहीबार, २० जेठ २०७८, १२ : २१ मा प्रकाशित

दीगोइ८ विद्युतीय कारको मूल्य घट्यो, अब नयाँ मूल्य कति ?

विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तर शुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ । सरकारले गरेको यस सकारात्मक कदमको सर्हाना स्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य रु. २१ लाख ९४ हजार ५०० तोकिएको कम्पनीले जनाएको छ ।

नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तर शुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् । दीगोइ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो । यसकारण परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइ रहेका ग्राहकका लागि निकै नै सकारात्मक रहने छ।

दीगोइ८को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेट अघिनै दोस्रो लट आयात गरेको थियो। सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको