Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, आज कति थपिए ?

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १६ : ३१ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जनासहित नेपालमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

जसमध्ये ५ सय ९ जना महिला र १ हजार ४२ जना पुरुष छन् । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ९० हजार ८ सय १४ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ११ हजार ४७ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १ हजार ५ सय ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा २ हजार ३ सय ४० कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ६७ हजार ५ सय ४२ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या २२  हजार ७ सय ९ छन् । जसमध्ये होम आइशोलेसनमा १३ हजार ५ सय ९१ जना रहेका छन् भने संस्थागत ९ हजार १ सय १८ जना छन् । यस्तै ४ हजार २ सय २१ जना छन् ।

पछिल्लो २४ घन्टाको विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको