अर्थ संसार, काठमाडौं - आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्यमा ८ सयले गिरावट आएको हो ।
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार १ सय ७५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
आइतबार सुनकाे प्रतिताेला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला ४ सयले घटेर ९४ हजार १ सय रूपैयाँमा काराेबार भएको थियो । यस्तै मंगलबार सुन ८ सय रुपैयाँले बढेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस