Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा बुधबार ३ हजार ४३९ जना संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार

बुधबार, २१ असोज २०७७, १६ : २६ मा प्रकाशित

नेपालमा बुधबार ३ हजार ४३९ जना संक्रमित थपिए, कति डिस्चार्ज भए  ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ जनासहित नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

जसमध्ये १ हजार २ सय ६२  जना महिला र २ हजार १ हजार ७८ जना पुरुष छन् । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ९४ हजार २ सय ५३ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ९  जनाको स्वाव संकलन गरी परिक्षण गर्दा  ३ हजार ४ सय ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा १ हजार १ सय २६ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ६८ हजार ६ सय ६८ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना छन् । जसमध्ये होम आइशोलेसनमा १४ हजार ४ सय ११ जना रहेका छन् भने संस्थागत १० हजार ५ सय ९६ जना छन् । यस्तै ४ हजार १ सय ६४ जना छन् ।

पछिल्लो २४ घण्टाको विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको