Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमितको सक्रिय संख्या २५ हजार नाघ्यो !

अर्थ संसार

बुधबार, २१ असोज २०७७, १६ : ५७ मा प्रकाशित

कोरोना संक्रमितको सक्रिय संख्या २५ हजार नाघ्यो !

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या २५ हजार नाघेको छ । बुधबार एकैदिन ३ हजार ४ सय ३९ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये होम आइशोलेसनमा १४ हजार ४ सय ११ जना रहेका छन् भने संस्थागत १० हजार ५ सय ९६ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार १ सय ६४ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ जनासहित नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितको यो संख्या हालसम्मकै धेरै हो । 

बितेको २४ घण्टा १ हजार १ सय २६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै हालसम्म ६८ हजार ६ सय ६८ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

यसैगरी काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, सुनसरी र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित उपचारत छन्, भने सोलुखुम्बु, मनाङ र मस्ताङ्गमा संक्रमितको संख्या शून्यमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको