Like us!
Follow us!
Connect us!
Watch us!

होचापुड्काहरुले यसरी पाए राहत (भिडियोसहित)

अर्थ संसार

बुधबार, २१ असोज २०७७, १७ : ३६ मा प्रकाशित

होचापुड्काहरुले यसरी पाए राहत (भिडियोसहित)

अर्थ संसार, काठमाडौं-नेपाल होचापुड्का संघले होचापुड्का र न्युन आय भएका ब्यक्तिहरुलाई कोरोनाको महामारीका बेला राहत वितरण गरेको छ ।

संघले इम्पावर नेपाल फाउन्डेसनको सहयोगमा जनालाई राहत बाँडेको हो । राहतमा आलु १० केजी, दाल ५ केजी, खाने तेल २ लिटर, प्याज ५ केजी र चामल २५ केजी बाँडिएको संघका अध्यक्ष अध्यक्षले जानकारी दिनु भयो । दुई दिनसम्म वितरण गरिने राहत ६५ जनालाई दिइने अध्यक्षले जानकारी दिनु भयो ।

होचापुड्काहरुलाई कसैले नहेरेका बेला इम्पावर फाउन्डेसनले राहत दिएर ठूलो गुण लगाएको उनीहरुको भनाइ थियो । लकडाउनले सबै क्षेत्र समस्यामा परेका बेला थोरै भए पनि राहत पाउँदा होचापुड्काहरु निकै खुशी देखिन्थे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको