Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्धारा निःशुल्क पिसिआर परीक्षण क्याम्प

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १० : ४१ मा प्रकाशित

कुमारी बैंकद्धारा निःशुल्क पिसिआर परीक्षण क्याम्प

अर्थ संसार, काठमाडौँ - कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पिसिआर परीक्षण क्याम्प” आयोजना गरेको छ ।

बैंकले असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पि.सि. आर. परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।

भाइरसको सङ्क्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो ।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारीले आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा दत्तचित्त भई लागी पर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको