Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार ४३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १६ : ३४ मा प्रकाशित

बिहीबार ४३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं–  नेपालमा बिहीबार थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३ सय ६४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा २६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ५९० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको