Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज कति थपिए ?

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, १६ : ४२ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जनासहित नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख  ६ सय ७६ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ७९  जनाको स्वाव संकलन गरी परिक्षण गर्दा  २ हजार ५९  जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा १ हजार ६ सय ८० कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ७३ हजार २३ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना छन् । जसमध्ये होम आइशोलेसनमा १५ हजार ८ सय ७७ जना रहेका छन् भने संस्थागत ११ हजार १ सय ७६ जना छन् । यस्तै ४ हजार ७ सय ३ जना छन् ।

पछिल्लो २४ घण्टाको विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको