Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार देशभर ५ हजारभन्दा बढी संक्रमित थपिए, काठमाडौंमा कति ?

अर्थ संसार

शनिबार, २४ असोज २०७७, १६ : २४ मा प्रकाशित

शनिबार  देशभर ५ हजारभन्दा बढी संक्रमित थपिए, काठमाडौंमा कति ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ७२ जनासहित नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख ५ हजार ६ सय ६४ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १९ हजार ३ सय २०  जनाको स्वाव संकलन गरी परिक्षण गर्दा  ५ हजार ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा १ हजार २ सय २९ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ७४ हजार २ सय ५२ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 
हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ जना छन् । जसमध्ये होम आइशोलेसनमा १५ हजार ८ सय ७७ जना रहेका छन् भने संस्थागत १७ हजार १ सय ६४ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ६ सय ४६ जना छन् ।

पछिल्लो २४ घण्टाको विवरण हेर्नुहोस्:-

5f8191557fca6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको