Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ता संघहरु किन र के का लागि ?

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १० : ५४ मा प्रकाशित

सेयर लगानीकर्ता संघहरु किन  र के का लागि ?

पछिल्लो समयमा देशमा संघ सगठनहरु खोल्ने होडबाजि नै चलेको छ  भन्दा पनि फरक नपर्ला । आ आफ्नो पेशा ब्यबसाय गर्नेदेखि राजनीति दलका थुप्रै सघ सगठनहरु रहेका छन् । यसैगरि शेयरबजारमा शेयरमा लगानी गर्न लगानीकर्ताहरुको पनि संघहरु छन् । शेयरबजारमा   १८ लाख भन्दा बढि
 सेयर लगानीकर्ताहरु रहेको सरोकारवालाहरु बताउँछन ।

१९ लाख जति सेयरलगानीर्ताहरु भएको शेयरबजारमा ५ वटा सेयर लगानीकर्ताहरुको संघहरु छन । त्यसो त सेयर लगानीकर्ताहरुको लागि ५ ५ वटा संघ आवश्यक छ भनेर पनि भन्ने गरेका छन्  । अधिकाश शेयर लगानीकर्ताहरुको भनाइमा सेयर लगानीकर्ताहरुको संघ नै किन चाहियो ? भन्ने पनि रहेका छन्  । सेयर लगानीकर्ताहरुका सघहरुले सेयर लगानीकर्ताहरलाई  के नै गरेका छन् भनेर पनि भन्नेहरु नभएका होइन  ।

त्यसोत कतिपय लगानीकर्ताहरुलाई ५ /५ वटा लगानीकर्ता संघहरु छन् भनेर सर्बसाधारणलगानी थाहा नभएको पनि धेरै लगानिकर्ताहरु बताउँछन् । सेयर बजारमा ५/ ५ वटा शेयर लगानीकर्ताहरुको संघहरु भए पनि सर्बसाधारण लगानीकर्ताहरु सम्म पुग्न सकेका छैनन् ,  शेयर लगानीकर्ताहरुको संघहरु सिमित लगानीकर्ताहरुको घेरा भित्र मात्र सिमित भइरहेका छन् । 

नेपालमा २०४६ सालको सफल जन आनदोलनपछि बहुदलिय प्रजातन्त्रको पुन : स्थापनापछि देशमा पेशा ब्यबसाय गर्नेहरुको संघ सगठनहरु धमाधम स्थापना भए । देशमा कर्पोरेट कम्पनीहरु देखि फुटपाथ ब्यापारीहरुको समेत संघहरु बने यसमा सेयर लगानीकर्ताहरुको संघ नहुने त कुरै भएन । यसै कारणले शेयर लगानीकर्ताहरुको पनि ५ वटा भनदा बढि संघहर स्थपना भए कतिपय सकृय छन त केहि निस्कृय छन् ।

नेपाल इन्भेष्टमेण्ट फोरम नेपाल पुँजी बजार संघ , सेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता सघ , सेयर लगानीकर्ता दवाब समुह छन् भने नेपाल सेयर होल्डर एशो सियशन को भन्ने अत्तोपत्तो छैन् । यति धेरै संघहरु भए पनि यिनिहरुले सर्ब साधारण लगानीकर्तालाई  समेत्न सकेका छैनन् ।

आम सर्बसाधारण लगानीकर्ताहरुको हक हित र अधिकार र सेयरबजारको समस्याहरुलाई समाधान गर्नको लागि भनेर स्थापना भए गरेका सेयर लगानीकर्ताहरुको संघहरुले  सर्ब साधारण लगानीकताहरको समस्या र सेयर बजारमा देखिएका समस्याहरु र व्यथितिलाई समाधान गर्न सकिरहेका छैनन् । त्यसोत बिधमान सेयर लगानीकर्ताहरुको संघहरु नै  एक आपसमा हातेमालो गरि जान सकिरहेका छैनन् र संघहरुमा टुट्ने, फुट्ने र जुत्ने पनि हुने गरेका छन भन्दा पनि फरक नपर्ला । एक संघले गरेको कार्यक्रममा अर्को संघले समर्थन गरेता पनि सहभागि भएको भने देखिदैन । कतिपय सरोकारवालाहरुको भनाइमा सेयरलगानीकर्ताहरुको संघहरु सेयरबजारमा नेप्से घटेको बेलामा मात्र सकृय हुने गरेको भनेर पनि भन्ने गरेका छन् । 

सेयरबजारमा १९ लाख  जति शेयर लगानीकताहरु रहेका छन डिम्याटमा दर्ता भए अनुसारको । यसमा कति लगानीकर्ताहरु सकृय रहेका छन भन्ने तथ्याक्ङ भने छैन भनेर बेला बेला मा चर्चा हुने गरेका छन ।

 त्यसोत केहि सेयर लगानीकर्ताहरुको संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गरेका छन् भने केहि लगाननीकर्ता संघहरु कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भएका हुन भनेर जानकारहरु बताउँछन । कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भएका गरेको नाफा मुलक संस्था हुन्  सघ होइन भन्दा पनि फरक नपर्ला । यसमा सरोकारवालाहरुको ध्यान जान जरुरी छ  । केहि सघहरु दर्ता बिनाको छन भनेर पनि भन्ने गरेका छन् । केहि लगानीकर्ताहरुको नेताहरुलाइ पेशागत संघ सस्थथाहरु कहाँ दर्ता गर्ने भन्ने पनि थाहा नभएको जस्तो देखियो भन्दा पनि फरक नपर्ला । केहि लगानीकर्ताहरुको संघ दर्तानै नभएको पनि बताउँछन जानकारहरु । 

सेयर लगानीकर्ताहरुको हकहित र अधिकारको लागि भनेर स्थापना भएका संघहरु बास्तबमा आम सेयर लगानीकर्ताहरुको हकहित र अधिकारको संघ भनेका सेयर लगानीकर्ताहरुको सघहरुले आम लगानीकर्ताहरुको समस्याहरु र सेयरबजारको बिकास बिस्तारको र सुधारको लागि काम गर्न सकेका छन र ? त्यसोत केहि सेयर लगानीकर्ताहरुकोलाइ मिलिनियनहरुको संघ भनेर पनि भन्ने गरेका छन् ।

यिनिहरुले आम सेयर लगनीकर्ताहरुको लागि भन्दा पनि आ आफ्नो स्वार्थको लागि मात्र काम गर्ने गरेको पनि बताउँछन जानकारहरु । यो सेयर लगानीकर्ताहरुको संघहरु पनि राजनितिक दलहरुको संघहरु जस्तै त होइन । त्यसोत केहि सेयर लगानीकर्ताहरुको संघको गतिबिधिलाई  हेर्दा होइन भन्ने ठाँउ पनि नरहेका जस्तो देखिन्छ । 

त्यसोत देशमा ५ वटा जति शेयर लगाननीकर्ताहरुको संघहरु छन् । तर पनि यिनिहरुले धेरै जसो लगानीकर्ताहरुलाइ अझ साना लगानीकर्ताहरुलाई  समेत्न सकेका छैनन् वा समेत्न चाहदैन यस्ता सेयर लगानीकर्ताहरुको सघहरु सिमित लगानीकर्ताहरुले मात्र हाकीरहेका छन्  भनेर पनि भन्ने गरेका छन् । यि यस्ता सेयर लगानीकर्ताहरुको संघहरुले आम लगानीकर्ताहरुको समस्याहरु र सेयर बजारमा रहेका बिकृति बिसंगति र व्यथितिलहरुलाइ समाधान गर्न सकिरहेका छैनन् । शेयरबजारमा थुप्रै बेठितिहरु छन ।

सुधार गर्नु पर्ने पनि थुप्रै छन । शेयरबजारका नियामक निकायहरुले बेला बेलामा आफ्नो नीति नियमहरु  लगानीकर्ताहरुको टाउकोमा बजार्ने गरिरहेका छन् । त्यसोत सेयरबजारमा देखिएका बिकृति बिसंगति र ब्यथितिहरुलाई ब्यबस्थि त गर्न र शेयर बजारको बिकास बिस्तार र सुधार गर्नको लागि सम्पूर्ण शेयर लगानीकर्ताहरु नै लाग्नु पर्ने देखिन्छ । त्यसोत कतिपयको भनाइमा शेयर लगानीकर्ताहरुको सघ स्थापना गर्ने गरेका राजनीति गर्नको लागि र आ आफ्नो स्वार्थ सिद्धि गर्नको लागि  आ आफ्नो ध्यान केन्द्रित गर्ने गरिरहेका हुन्छन भनेर पनि जानकारहरु बताउँछन । 

नरेन्द्रमान श्रेष्ठ  
  
    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको