Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १५ : ४८ मा प्रकाशित

राष्ट्र बैंकले १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जसमध्ये बैंकले १५ अर्ब २५ करोड रूपैयाँ बराबरकाे पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेकाे हाे भने ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

बैंकले ३६४ दिनकाे अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरकाे नयाँ ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल भाेलि (असाेज २६ गते, साेमबार) ३ बजे बोलकबाेल भएर असाेज २७ गते, मंगलबार बिक्री हुने बैंकले जनाएको छ । बैंकको अनुसार उक्त ट्रेजरी बिल २०७८ साल असाेज २६ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको