Like us!
Follow us!
Connect us!
Watch us!

५ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, २० पुस २०७७, १५ : ०३ मा प्रकाशित

५ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल माघ २० गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र २४ गते परिपक्क हुनेछ ।

त्यसैगरी, आज (साेमबार) २ बजे बोलकबाेल भएर भाेलि (पाैष २१ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको