Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै, बोलकबोल आजै

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, ०८ : ५४ मा प्रकाशित

राष्ट्र बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै, बोलकबोल आजै

नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४  करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।  मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ १ गते परिपक्व हुनेछ । 

१८२ दिनको लागि ९ अर्ब ८५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक ३० गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ जेठ ३ गते परिपक्व हुनेछ । 

60a1e00cb2be8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको