Like us!
Follow us!
Connect us!
Watch us!

५ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, ११ : ०४ मा प्रकाशित

५ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  बैंकले बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

उक्त ट्रेजरी बिलको बोलकबोल आज दिउँसो ३ बजे भएर भोलि (मंगलबार) जारी हुनेछ ।

बैंकले ५ अर्बको ट्रेजरी बिल जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल आउँदो कात्तिक २ गते परिपक्व हुनेछ । त्यस्तै, झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ ।  

607d136cafd7b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको