Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टका सबै विद्यार्थीलाई ट्याब्लेट, विद्यार्थीले अतिरिक्त शुल्क तिर्नु नपर्ने

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १४ : ५७ मा प्रकाशित

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टका सबै विद्यार्थीलाई ट्याब्लेट, विद्यार्थीले अतिरिक्त शुल्क तिर्नु नपर्ने

अर्थ संसार, काठमाडौं - काेराेना संक्रमण जोखिम बढ्दै गएका बेला सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले विद्युतीय माध्यमबाट पठन पाठन गराउन आफ्ना विद्यार्थी हरेकलाई ट्याब्लेट वितरण गरेकाे छ ।

विद्यार्थीलाई कुनै आर्थिक भार नपर्ने गरि अतिरिक्त शुल्क नलिई कलेजले विद्यार्थीलाई जूम एप चलाउन सकिने एन्ड्रोइड ट्याब्लेट वितरण गरिरहेको कलेजका प्रबन्ध निर्देशक समिर ढकालले बताए ।

कलेजले ट्याब्लेट चलाउन चाहिने इन्टरनेटसमेत ३ देखि ४ महिनाको निम्ति आफ्नै खर्चमा उपलब्ध गराउने छ। काेभिड १९ काे बढ्दाे संक्रमणले कलेज संचालन नभएपछि विद्यार्थीको भविश्य अन्योलमा पर्न नदिइ पठन पाठनलाई निरन्तरता दिन कलेजले आफैं विद्यार्थीलाई यस किसिमकाे सहयाेग गरेकाे प्रबन्ध निर्देशक ढकालले बताए ।

ट्याब्लेट लिने विद्यार्थी कक्षामा नियमित उपस्थित हुनु पर्ने छ । यस कलेजमा अध्यनरत सम्पूर्ण विद्यार्थीले ट्याब्लेट पाउने छन् । नया भर्ना हुने विद्यार्थीले पनि याे सुविधा पाउने ढकालले बताए ।

 

पठनपाठन अनलाईन माध्यमबाट भए पनि वैज्ञानिक ढंगमा संचालन गर्ने कलेजको भनाइ छ। विद्यार्थी र शिक्षकको मानसिक र सरिरिक स्वास्थ्यलाई मध्यनजर गर्दै दिनहुँ २-३ वटा विषयकाे पढाइ हुने छ । अनलाईनबाट छोटो र प्रभावकारी कक्षा संचालन गर्ने, नियमित गृहकार्य दिने व्यवस्था मिलाईएको कलेजले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको