Like us!
Follow us!
Connect us!
Watch us!

देशभर थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? [विवरणसहित]

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १६ : २६ मा प्रकाशित

देशभर थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? [विवरणसहित]

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जनासहित नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख ७ हजार ७ सय ५५ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १२ हजार ४ सय २७  जनाको स्वाव संकलन गरी परिक्षण गर्दा  ५ हजार ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा १ हजार ५ सय ५२ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ७५ हजार ८ सय ४ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ जना छन् । जसमध्ये होम आइशोलेसनमा १७ हजार ६ सय ६६ जना रहेका छन् भने संस्थागत १३ हजार ६ सय ४९ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ६ सय १३ जना छन् ।

पछिल्लो २४ घण्टाको विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको