अर्थ संसार, काठमाडौं - क्लासिकटेक प्रालिले हरेक ग्राहकहरुको लागि नेपालीहरुको महान चाड बडा दशैंको अवसर पारेर रु.५५,०० सम्मको भारी छुट पाईने अफर ल्याएको छ । कम्पनीले रु ५,५०० मूल्य बराबरको इन्टरनेट सेवाको रिचार्जमा छुट र बोनस उपलब्ध गराउने छ।
कम्पनीले दशैंको अवसरमा ल्याएको नयाँ अफर अनुसार कम्पनीका हालका ग्राहकहरुले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेको खण्डमा रु ५,५०० बराबरको छुट प्राप्त गर्नेछन् । त्यसै गरि ग्राहकहरुले ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा रु.२,८०० बराबरको छुट प्राप्त गर्नेछन्।
कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ रेफर अफरसमेत सार्वजनिक गरेको छ। यस अनुसार ग्राहकहरुले क्लासिकटेकको मोबाइल एपमा गएर रेफरमा क्लिक गरेर आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नुपर्ने हुन्छ र उनीहरुले रेफर योजना अन्तर्गत १ वर्षको सब्सक्रिप्सनमा २ महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा निशुल्क पाईनेछ भने ६ महिनाको सब्सक्रिप्सनको साथमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी नि:शुल्क पाईनेछ । त्यसै गरि ३ महिनाको सब्सक्रिप्सनको साथमा १५ दिनको बोनस र आईपीटिभी उपलब्ध हुनेछ ।
क्लासिकटेकले ल्याएको यो योजना नेपालभर रहेका क्लासिकटेकका ग्राहकहरुको लागि उपलब्ध हुने क्लासिकटेकका प्रमुख सेल्स र मार्केटिङ्ग अफिसर बिनय अधिकारीले जानकारी दिए । उनका अनुसार यो अफरमार्फत ग्राहकहरुलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामक रुपमा अगाडि बढ्ने छ।
रेफरको बारेमा थप जानकारी थाहा पाउनका लागि क्लासिकटेकको यूट्यूब च्यानलमा हेर्न सक्नेछन्, साथै क्लासिकटेकको नयाँ नयाँ योजना र अफरहरु तथा सेवा सुबिधाहरुको बारेमा जानकारी लिन कम्पनीको भाइबर कम्युनिटीमा जोडिएर तथा फेसबुकमार्फत पनि थाहा पाउन सकिनेछ।
रेफर गर्ने तरिका
क्लासिकटेकको मोबाइल एप गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्नुस्:-
स्टेप १: क्लासिकटेकले दिएको यूजरनेम र पासवर्डका साथमा लगइन गर्नुस्
स्टेप २: रेफर ट्याबमा क्लिक गर्नुहोस्
स्टेप ३: नयाँ पेज देखा पर्नेछ ।त्यसमा तपाईँले रेफर गर्न चाहेको तपाईँको साथिको बारेमा आवश्यक जानकारी हाल्नुहोस्।
स्पेट ४: फर्म भरिसकेपछि त्यहाँ रहेको सबमिटमा क्लिक गर्नुहोस्।
स्टेप ५: इन्स्टलेशन र कुल भुक्तानी सम्पन्न भएपछि तपाईँले इन्टरनेट र आईपिटिभीमा बोनस पाउनुहुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस