Like us!
Follow us!
Connect us!
Watch us!

क्लासिक टेकले गर्यो सियोना श्रेष्ठको उपचारमा १० लाख रुपैयाँ सहयोग

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १४ : ४९ मा प्रकाशित

क्लासिक टेकले गर्यो सियोना श्रेष्ठको उपचारमा १० लाख रुपैयाँ सहयोग

अर्थ संसार, काठमाडौं - क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो व्यवसाय र इन्टरनेट सेवा प्रदान गर्नुका साथै समय-समयमा सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत गर्दै आईरहेको छ । सोहि सन्दर्भमा क्लासिक टेकले हालै निकै दूलर्भ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो । सियोना श्रेष्ठको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन् ।

क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ । यसअघि पनि ब्लड क्यान्सरबाट पिडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो । त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो । यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको हो ।

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिंगमार्फत रकम संकलन गरिरहेका छन् । यसको लागि गोफण्डमी डट कम मार्फत रकम संकलन भईरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन् ।

सहयोग हस्तान्तरणको बारेमा बोल्दै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारीले भने, "२० करोड सहयोगमा यो हाम्रो सानो रकमको सहयोग हो तर तपाईँ हाम्रो सानो सानो सहयोगले नानीको जिवन बचाउन सक्छ । हामीले हरेक वर्ष सामाजिक कार्यलाई अगाडि बढाईरहेका छौं । गत वर्ष क्यान्सर पिडित बालकलाई सहयोग गरेका थियौं भने यो वर्ष स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित १३ महिने सियोना श्रेष्ठलाई सहयोग गरेका छौ। आगामी दिनमा पनि हामी सामाजिक कार्यमा सँधै अगाडी बढेर काम गर्नेछौं।"


क्लासिक टेकले यति सहयोग बाहेक आधिकारीक सोशल मिडियामार्फत सहयोगको अपिल समेत गरेको छ ।  कम्पनीले देशभर आफ्नो इन्टरनेट सेवालाई तिब्रगतिमा बिस्तार गर्दै आएको छ । कम्पनी आफ्नो क्षेत्रमा अग्रणी कम्पनीको रुपमा चिनिन्छ।
तपाईँ पनि सियोना श्रेष्ठको उपचारका लागि सहयोग गर्न चाहनुहुन्छ भने बिस्तृत जानकारी निम्न रहेको छ ।
A/C Name: Siyona Shrestha
A/C No: 206500000031524
Bank of Kathmandu LTD. Parasi Branch
Swift Code: BOKLNPKA
Or 
Esewa Id: 9847206466    9816457809

Go fund me Account
https://www.gofundme.com/f/treatmentforsiyona...

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको