Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार देशभर ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, १६ : २४ मा प्रकाशित

मंगलबार देशभर ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जनासहित नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख १५ हजार ३ सय ५८ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १५ हजार ५ सय ७७ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ३ हजार ५ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा १ हजार ५ सय ३ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ७८ हजार ७ सय ८० जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ जना छन् । जसमध्ये होम आइशोलेसनमा २० हजार ८ सय ६७ जना रहेका छन् भने संस्थागत १५ हजार ४६ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ७ सय ९५ जना छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको