Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार देशभर २६ सय ३८ जना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १६ : ३४ मा प्रकाशित

बुधबार देशभर २६ सय ३८ जना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ३ जनासहित नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख १७ हजार ९ सय ९६ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १३ हजार ९ सय ४७ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ३ हजार ५ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा २ हजार १ सय ७४ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ८०  हजार ९ सय ५४ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना छन् । जसमध्ये होम आइशोलेसनमा २१ हजार ५ सय ४८ जना रहेका छन् भने संस्थागत १४ हजार ८ सय १९ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ६ सय ६६ जना छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको