Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, आइसीयु र भेन्टिलेटरमा कति छन् ?

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १६ : ४५ मा प्रकाशित

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, आइसीयु र भेन्टिलेटरमा कति छन् ?

अर्थ संसार, काठमाडौं - बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप १२ जनाको मृत्यु भएको जानकारी दिए ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ३ जनासहित नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

यस्तै बितेको २४ घण्टा २ हजार १ सय ७४ कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै हालसम्म ८०  हजार ९ सय ५४ जनाले कोरोनामुक्त भएर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना छन् । जसमध्ये होम आइशोलेसनमा २१ हजार ५ सय ४८ जना रहेका छन् भने संस्थागत १४ हजार ८ सय १९ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ६ सय ६६ जना छन् । तिमध्ये ३०५ जना संक्रमितको आइसीयु र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको