अर्थ संसार, काठमाडौं - प्रभु बैंकले पर्सामा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्साको वीरगन्ज महानगरपालिका स्थित वडा नं ०९ जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको आज आश्विन २९ गते देखि कारोबार सुरु भएको हो।
नेपाल राष्ट्र बैंक तथाअन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवाविस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीय बासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०९ वटा शाखाकार्यालय, १९४ वटा ATM, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक प्रविधि युक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस