अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जनासहित नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख २१ हजार ७ सय ४५ जना पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १६ हजार ५ सय ५८ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ३ हजार ५ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै बितेको २४ घण्टा ३ हजार ५ सय ६४ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ८४ हजार ५ सय १८ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ जना छन् । जसमध्ये होम आइशोलेसनमा २४ हजार १ सय ९४ जना रहेका छन् भने संस्थागत १२ हजार ३ सय ३९ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ८ सय २५ जना छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस