Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १६ : ५७ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप १९ जनाको मृत्यु भएको जानकारी दिए ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जनासहित नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

यस्तै बितेको २४ घण्टा ३ हजार ५ सय ६४ कोरोनामुक्त भएसँगै हालसम्म ८४ हजार ५ सय १८ जनाले कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ जना छन् । जसमध्ये होम आइशोलेसनमा २४ हजार १ सय ९४ जना रहेका छन् भने संस्थागत १२ हजार ३  सय ३९ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ८ सय २५ जना छन् । तिमध्ये ३१४ जना संक्रमितको आईसियु र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको