Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्डको बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १२ : ५३ मा प्रकाशित

सानिमा इक्विटी फण्डको बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौँ - सानिमा इक्विटी फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज गर्ने भएको छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि कार्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले कार्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

याेजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडकाे असाेज १८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि सानिमा इक्विटी फण्डकाे इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे हाे ।

फण्डले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको