अर्थ संसार, काठमाडौं - सानिमा इक्वीटी फण्डले लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता किताब (बुकक्लोज) मिति तय गरेको छ । सो प्रयोजनको लागि फण्डले कार्तिक १४ गते एक दिनका लागि शेयरधनी किताब बन्द गर्ने भएको छ ।
त्यसैले कार्तिक १३ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानून बमोजिम तोकिएको समयावधि भित्र रितपूर्वक नामसारी भई आएका इकाईधनी हरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
फण्डले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस