Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार देशभर ४३ सय ९२ जना संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १६ : २८ मा प्रकाशित

शुक्रबार देशभर ४३ सय ९२ जना संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जनासहित नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १६ हजार ५ सय ३१ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ४ हजार ३ सय ९२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा ३ हजार ५ सय २२ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ८८ हजार ४० जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 
हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ जना छन् । जसमध्ये होम आइशोलेसनमा २५ हजार ४६ जना रहेका छन् भने संस्थागत १२ हजार ३ सय ३६ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ८ सय ८ जना छन् । यस्तै आसियुमा ३ सय १५ जना र भेन्टिलेटर ७७ जना उपचाररत छन्  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको