Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुग्यो, आज कति थपिए ?

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १६ : ४७ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको जानकारी दिए  ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको स्वाथ्य मन्त्रालयले जनाएको छ । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । तीमध्ये आसियुमा ३ सय १५ जना र भेन्टिलेटर ७७ जना उपचाररत छन्  ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जनासहित नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेकाे छ । जसमध्ये ८८ हजार ४० जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टा ३ हजार ५ सय २२ कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको