Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकमा पोइन्ट अफ सेल माध्यमबाट भुक्तानी सेवा

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १६ : २३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकमा पोइन्ट अफ सेल माध्यमबाट भुक्तानी सेवा

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल  (पिओएस) माध्यमबाट भुक्तानी सेवा शुरु गर्ने भएको छ ।

बैंकले कार्तिक १ गते, शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि बैंकको पोइन्ट अफ सेल  पिओएसको माध्यमबाट भुक्तानी सेवा शुरु गरिएको छ । 

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा बैंकको कार्डबाट  पिओएसको माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यास ब्याक हुने छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।  बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको