Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार देशभर ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, आसियुमा र भेन्टिलेटरमा कति छन् ?

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, १६ : २९ मा प्रकाशित

शनिबार देशभर ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, आसियुमा र भेन्टिलेटरमा कति छन् ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनासहित नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १५ हजार ४  सय ३८ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ३ हजार १ सय ६७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टामा १ हजार ८ सय  कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ८९ हजार ८ सय ४० जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ जना छन् । जसमध्ये होम आइशोलेसनमा २५ हजार ४ सय ३८ जना रहेका छन् भने संस्थागत १३ हजार २ सय ९९ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ७ सय १५ जना छन् । यस्तै आसियुमा २ सय ९० जना र भेन्टिलेटर ६६ जना उपचाररत छन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको