Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार देशभर थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, १६ : ४७ मा प्रकाशित

आइतबार देशभर थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जनासहित देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या १ लाख ३२ हजार २ सय ४६ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १४ हजार ८  सय ७५ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा २ हजार ९ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टामा २ हजार ३ सय २६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ९२ हजार १ सय ६६ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना छन् । जसमध्ये होम आइशोलेसनमा २६ हजार ४ सय ८  जना रहेका छन् भने संस्थागत १२ हजार ९ सय ३३ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ८ सय ३१ जना छन् । यस्तै आसियुमा ३ सय १ जना र भेन्टिलेटर ६६ जना उपचाररत छन्  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको