Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जनसिल नेपालीहरुको बचत पूर्वाधारमा लगानी गर्नु आवश्यक

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, १७ : १७ मा प्रकाशित

सिर्जनसिल नेपालीहरुको बचत पूर्वाधारमा लगानी गर्नु आवश्यक

रमेशप्रसाद गौतम

देश निर्माणमा अहोरात्र खटिरहने बुद्धिजिबी महान्भाबहरु देश रोइरोइ थाकीरहेको छ । बत्तिमुनि अ्न्धकार, पानीबाट बाहिर निकालेको माछो र आमा बिनाको बालक जस्तो भएको देश । यसरी देश छट्पटाइ छटपटाइ रहेको छ । यो  चार जात छत्तिस बर्णको फूलबारी जस्तो बगैचा रुपि देशमा अनेकै किसिमका रंगिविरगी फूलहरु फुलि रहेका छन । तर माहुरि, भमरा र पुतली त्यो पूुलमा रमाउन खोज्छन, तर वाताबरण अनुक्लता नभएको कारण त्यो फूलमा रमाउन नपाए झै भएका छन जनता ।

आदरणिय माहानुभाबहरु तपाईहरु देशको कुनाकु्ना र विभिन्न देश भ्रमण गरि अनेकै अनुभव सम्हाली सक्नु भएको छ र यहांहरुको अगाडि मैले देश रोई रहेको भनाइ राख्नु भनेको इन्द्रको अगाडि स्वर्गको बयान गर्नु जस्तै हो , तै पनि देश आकुल ब्याकुल भएर टुलुटुलु के हेरि रहु भनि यो  भनाई राख्न करै लागेर आयो ।

आज देशमा दैनिक रुपमा अरबौ पैसा इन्धनको नाममा बाहिर गइरहेको छ । डिजेल प्लान्ट, निजी विदेशी पुंजीमा बनेका र डलरमा पिपिए गरेका हाईड्रोपावर, सोलार र छिमेकी देशहरुबाट ल्याएको बत्ति, कृषि प्रदान देशमा अर्बैको चामल आदि भित्रायाएकोे हिसाब गर्दा एकै दिनमा अबौ पैसा बाहिरी रहेको छ  भने अर्को तिर बालबालीका पढ्नबाट बन्चित, घरमा ग्रिहणी धुंवा र टुकि बत्तिको उज्यालोमा रहने र ब्यबसायिले उधोग धन्दा बन्द गरि उत्पादन घटाउन बाध्य रहेको अबस्थामा देशलाई जोरो आई आंत थरथराएको अबश्था रहेको छ ।  देश यसरी छटपटाई रहेको र प्रत्येक नेपाली जन्मदा नै टाउकोमा राष्ट्रको हजारौं रुपैयाँ ऋणको भारि बोकि जन्मन्छ र यस्ता समस्या समाधान गर्नु  अहिलेको मूल आबस्यकता रहेको  छ । यसमा कसको चासो जाने हो ? सरकार, सांसद, कर्मचारीतन्त्र, राजनितिक दल, जनता वा विदेशी ।

जसरी थोपा थोपा  मिलि समुन्द्र बन्छ भने जस्तै हरेक सिर्जनसिल नेपालीहरुलाई जनचेतना दिदै १०० रुपयां कमाएमा एक रुपयां बचत गरेर त्यो एक रुपयां बचत बराबर नेपाल सरकारले प्रोत्साहन स्बरुप थप एक रुपयां  जम्मा गरि दिएर एक बर्षमा के कति रकम संचित हुन्छ सो रकम कुनै पनि विकास निर्माणमा लगानी गर्न सकेमा थोरै पैसा बाट पनि विकासको सुरुवात गर्न सकिन्छ भन्ने देखाउन सकिन्थ्यो भन्ने लाग्छ ।

यसरी संचालीत विकास निर्माणको कार्य सम्पन्न गर्न सहज हुने तथा स्थानीय उपभोक्ताहरु समेतको सहभागिता भएको हुंदा माया, ममता र जागरुपकता हुंने भएकोले निर्माण भएका संरचनाहरु संचालन संरक्षणमा समेत सबैको चासो बन्ने छ । राज्यको र जनताको समेत संयुक्त लगानी भएको कारण आयोजनहरु समयमा सम्पन्न गर्नु पर्ने माया ममता हुन्छ र आफ्नो लगानी भएको कारण आम्दानी विदेशिन बाट जोगिन्छ र देश समृद्धी तर्फ अगाडि बढाउन सकिने देखिन्छ ।

जसरी राणा शासनमा जनता शिक्षित भए भने शासकहरु असफल हुईन्छ भनेर जनतालाई पढ्नबाट बन्चित गरे  जस्तै जनतासँग रहेको पुंजि परिचालनमा सरकारको ध्यान नजाने तर विदेशबाट ऋण लिएर बिकास तथा साधारण खर्च चलाउने गरेको तर देश भित्र रहेको जनताको पुंजि परिचालन नगरि दिदा जनताले उत्पादन सिल क्षेत्रमा लगानी गर्न चाहेर पनि हालको गणतान्त्रिक सरकारले राणा शासनमा जस्तो पढ्न नपाएर पछि परेका जनता सरहको ब्यबहार गरि लगानी मैत्रि बाताबरण नबनाइ दिएको अबस्था रहेकोले हाल विदेशमा गएर जनताले रगत र पसिना खर्चेर ल्याएको रेमिटेन्सको सहि सदुपयोग हुन नसक्दा आफ्ना पुख्यौली थातथलोमा रहेका कमाई खाने जग्गा जमिन गौचरनमा पारिणत गरि शहरमा छिरि भाडामा बस्ने र विलासि जिवन विताउने बानी पार्न बाध्य बनाएको छ । यो सरकारले यसरि देश र जनताको भविष्य नदेख्ने यो सरकारको बुद्धि कहिले आउला ?

हाल राज्यले बिदेशी लगानी कर्ताको लगानी सुरक्षित गर्न विपा सम्झौता गरेको छ तर आफ्नो पोल्टाको सामालको सदुपयोग नगरि मागेर खाने प्रबृति देखाएको पाईन्छ । देश बासिसँग लगानी गर्ने समाथ्र्य छ भन्ने कुरा विभिन्न हाइड्रोपावर, बाणिज्य बैक, विमा कम्पनी, विकास बैकहरु आदिको साधारण शेयर माग गर्दाको रकमको अनुपातमा शेयर माग गरिएको रकम भनदा सयौ गुणा बढी आवेदन परेको हेर्दा नेपालीहरु कति सवल छन लगानी गर्न भन्ने कुरा उजागर भएको देखिन्छ ।

यसरी राज्यले निति नियम राम्रो र लगानी मैत्रि वातावरण  बनाई दिएको अबस्थामा सवल नेपालीहरुबाट जस्तो सुकै महगा र ठूला आयोजना समेत निर्माण गर्न सक्ने छन भन्ने कुरा चिलिमे जलविद्युत हाईड्रोपावर, अपर तामाकाशी हाईड्रोपावर, मनकामना केवुलकार, शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा हालसम्म भएको लगानीहरुबाट पनि छर्लङ्ग भएको छ । सर्बसाधरण जनता संग यथेष्ट मात्रामा लगानी गर्ने रकम छ भन्ने कुरा प्रमाणित भएका छन । जनताले सस्तो ब्याजदरमा अबै रुपयां बैकमा रहेको छ । बैकहरुले पनि लगानी गर्न नसकि अबै अर्ब पैसा राष्ट्र बैकमा थन्किएर रहेको कुरा बाहिर आई रहेको छ ।

यसरि विदेशी लगानी कर्ताहरु नेपालको उत्पादनसिल क्षेत्रमा लगानी गरि सहजरुपमा कमाइ गर्न सकिन्छ  भनि उत्साहित भएका छन तर विदेश गएर रगत पसिना बगाएर ल्याएको जनता संग भएको स्बदेशमा रहेको पुंजि परिचालन गर्न नसक्ता पोल्टाको सामल घर भित्रको समस्या सिर्जनसिल नेपालीहरुको बचत गरि लगानीको आबश्यकता भनि जति सुकै हामी कुर्लिए पनि  केहि नलाग्ने अबस्था रहेको पाईन्छ ।

हाल देशमा कुल जनसंख्याको करिब एकतिहाइ जनता देश निर्माणमा आफ्नो लगानी गरि फाईदा लिन सक्ने अबस्थामा रहेका छन तर नेपाल सरकार कानमा तेल हालेर बसेको अबस्था छ । यस्तो बहिरो र निदाई रहेको सरकार र देश चलाउनेहरुलाई कसरी बिउझाउने हो, जनता ? यस्ता बिषयमा हामीले राष्ट्रिय बहस चलाउन जमर्को गरि अगाडि बढनु पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको