Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकमा काँग्रेस र माओवादी भागवन्डा

मंगलबार, ०५ बैशाख २०७४, १६ : ३६ मा प्रकाशित

राष्ट्र बैंकमा काँग्रेस र माओवादी भागवन्डा

अर्थ संसार 
काठमाडौँ– नेपाल राष्ट्र बैंकको रिक्त रहेको संचालक समितिका सत्तारुढ दुई प्रमुख दलले भागवन्डा गरेका छन् ।भागवन्डाका आधारमा दुई जना सञ्चालक समिति सदस्य नियुक्त गरिएको हो ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले भागवन्डाका आधारमा एक÷एक जना सञ्चालक समिति सदस्य चयन गरिएको हो ।

अर्थ मन्त्रालय स्रोतकाअनुसार राष्ट्र बैंकमा नेपाली कांग्रेसको तर्फबाट रामजी रेग्मी र माओवादी केन्द्रका तर्फबाट डा श्रीराम पौडेल नियुक्त भएका छन् ।

लामो समयदेखि बैंकमा दुई संचालक सदस्य रिक्त रहँदै आएको थियो ।  पौडेल यसअघिपनि राष्ट्र बैंकको संचालक समितिमा रहेका थिए । उनी नेपालको अर्थतन्त्रको जानकार एवम् विज्ञ मानिन्छन् ।

रेग्मी भने पहिलो पटक राष्ट्र बैंकको संचालक बनेका हुन् । रेग्मी अहिले नेपाल स्टक एक्सचेन्जको अध्यक्ष हुन् । उनी बैंककै कार्यकारी निर्देशकबाट अवकास प्राप्त कर्मचारी हुन् ।

राष्ट्र बैंकको सात सदस्य संचालक समितिमा गभर्नर अध्यक्ष हुने कानून व्यवस्था रहेको छ ।  डेपुटीगभर्नरद्वय र अर्थसचिव पदेन संचालक हुन्छन् । स्वतन्त्र संचालक ३ जना हुने व्यवस्था छ ।

स्वतन्त्र संचालक नहुँदा राष्ट्र बैंकको बैठक करिब एक महिनादेखि हुन सकेको छैन । सञ्चालक समितिको चयनपछि बैंकको बोर्ड बैठक छिट्टै राख्ने तयारी गरिएको छ । 

यो पनि पढ्नुहोस्

यसकारण छलाङ्ग हान्नेछ सेयर बजारले: एसपी चौलागाईको विश्लेषण 

नेप्सेमा ठूलो पहिरो, ४० अंकले घटेको बजारमा एक अर्वको कारोबार 

कालिका माइक्रो क्रेडिटको सेयर मूल्य समायोजन 

बाह्र वर्ष पहिलको लेखा परिक्षणको आधारमा बीमा कम्पनीले बोलायो साधारणसभा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको