Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सेवा दिवसको अवसरमा प्रयास नेपालको सामाजिक कार्य

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, १७ : ५९ मा प्रकाशित

सामाजिक सेवा दिवसको अवसरमा प्रयास नेपालको सामाजिक कार्य

अर्थ संसार, काठमाडौं– ४१ औं सामाजिक सेवा दिवसमा असोज ६ देखि १२ सम्म विविध सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । प्रयास नेपाल धादिङले ६ गते नीलकण्ठ वडा नं ४ मा रहेको आमाको छात्रावास बालकहरुको लागि खाद्यन्य तथा भान्सामा प्रयोग हुने कुकुर लगायत सामाग्री सहयोग र सोही दिन कोभिड १९ ज‍ोखिम न्युनिकरणमा सामाजिक संस्थाको भुमिका बिषयमा अन्तरक्रिया सम्पन्न गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा डा भुवन पौडेलले कार्यपत्र पेश गर्नु भएको थियोे भने डा रामकुमार अधिकारीले टिप्पणी गर्नु भएको थियोे । यसैगरी असोज ७ गते भद्रकाली जेष्ठ नागरिक सेवा आश्रमका बृद्धबृद्धा खाद्यान्न सहयोग र सोही दिन उत्पादित कृषि तथा मासुजन्य बस्तु बिक्री बितरण तथा बजारीकरण  गर्न   सहजताको उपहार महिला कृषि सहकारीलाई बुलेरो गाडी सहयोग गरिएको थियो । यसैगरी असोज ८ र ९ गते सिद्धलेक गापा वडा नंं ४ मा उद्यमशीलतामा महिलाहरु सहभागीता अवसर र चुनौती बिययमा अन्तरक्रिया र सोही दिन सिद्धलेक गापा वडा नंं ६  र गल्छी गापा वडा नंं २ मा  सरोकारवालाहरुसँग छलफल गरिएको थियोे ।

यसैगरी १० गते  ईट्टा तथा गिट्टी क्षेत्रमा कार्यरत मजदुरहरुका ८५ जना बालबालिकालाई खाद्यान्न सहयोग गरिएको थियो । यसैगरी असोज ११ र १२ गते धुनिबेसि नगरपालिका  वडा नं ४ र गजुरी गाउँपालिका वडा ५ मा  निर्माण सम्पन्न हुँदै गरेका खानेपानी योजनाको दिगोपन र पानी सुरक्षा योजनामा उपभोक्ता समितिको भुमिका र जिम्मेवारी  बारेमा सरोकारवालाहरुसँग छलफल गरिएको थियोे ।

छलफलमा खानेपानी योजना निमार्ण सम्पन्न पश्चात् योजनालाई दिगोपन बनाउने तथा मुहान देखि मुख सम्म पानीको सुरक्षा गर्ने तौरतरिका ,मर्मत संभारकोष बृद्धि , हेरालु व्यवस्थापन , निमार्ण भएको संरचना सुरक्षा तथा मासिक सरसफाइ लगायतका बिषयमा छलफल भएको  थियो ।

 सामाजिक क्षेत्र पनि राष्ट्रिय गौरवको क्षेत्रको रुपमा सबै पक्षमा स्थापित गराउन तथा स्थानीय सामाजिक संस्था मार्फत सामाजिक उद्यमी बन्न र बनाउन योगदानका लागि नेपाल सरकार समाज कल्याण परिषद् को अगुवामा यश बर्ष नेपालभर विभिन्न सामाजिक  संस्थाले विविध कार्यक्रम सहित अभियान संचालन गरिएको थियो र यसै अभियानो सन्दर्भमा प्रयास नेपाल धादिङले पनि  सप्ताहव्यापी कार्यक्रम गरि ४१ औं सामाजिक सेवा दिवस ुुसामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता,समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलताुु  भन्ने आर्दश बाक्य सहित सम्पन्न गरेको गैरसरकारी संस्था महासंघ बागमति प्रदेश अध्यक्ष समेत रहेका प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

 

5f8d854131207.jpg 5f8d85414a8fe.jpg 5f8d85416330f.jpg 5f8d85421d909.jpg 5f8d85423bed8.jpg 5f8d85425c647.jpg 5f8d8542d6903.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको