Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली, कारोबार रकममा सुधार

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, १५ : ५३ मा प्रकाशित

सेयर बजारमा हरियाली, कारोबार रकममा सुधार

अर्थ संसार, काठमाडौं–  मंगलबार सेयर बजारमा हरियाली छाएको छ । बजारमा हरियालीसँगै कारोबार रकममा पनि सुधारीएको छ । बजारमा  कारोबार हुने सबै समूहहरु बढेर हरियाली देखिएको छ । 

नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेको र १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।
१९३ वटा कम्पनीको  ५० लाख २४ हजार ५० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँको कारोबार भएको छ ।  

सोमबार १ अर्ब पनि नपुगेको सेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ ।दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता सेयर किनबेच भएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको