Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १६ : १० मा प्रकाशित

नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण

अर्थ संसार, काठमाडौं - नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त अध्यक्षलाई आज(कार्तिक ५ गते बुधबार) आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्च पदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको