Like us!
Follow us!
Connect us!
Watch us!

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १६ : २८ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रभु बैंकको  एक्स्टेन्सन काउण्टर सञ्चालन

अर्थ संसार, काठमाडौं - प्रभु बैंकले रुपन्देहीमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देहीको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं-५ स्थित जिल्ला प्रशासन कार्यालयमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त काउण्टरबाट  आज (कार्तिक ५ गते) देखि कारोबार सुरु गरिएको बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । 

 बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । 

बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा ATM,५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको