Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारदेखि क्लिनफिड लागु गर्न सरकारको आग्रह

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १८ : १४ मा प्रकाशित

शुक्रबारदेखि क्लिनफिड लागु गर्न सरकारको आग्रह

अर्थ संसार, काठमाडौं - सरकारले भोलि (कात्तिक ७ गते शुक्रबार) देखि क्लिनफिड लागु गर्न आग्रह गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक ७ गते देखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण लागु गरिएको भन्दै क्लिनफिड पालना गर्न सबैलाई आग्रह गरेको हो । स 

२०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा निरन्तर अनुगमन हुनेछ  । 

कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिनेछ। 

मन्त्रालयद्वारा जारी विज्ञप्ति हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको