अर्थ संसार, काठमाडौं– नेपाल सरकारले क्लिन फिड नीति लागू गरेसँगै अब केही च्यानल नआउने पक्का भएको छ । ब्रोकाष्टरहरुले क्लिन फिड अर्थात विज्ञापन रहित च्यानल दिन नसक्ने च्यानल नआउने भएका हुन् ।
डिस होमका ग्राहकले च्यानल बन्द भएपछि डिस मिडिया प्रा.लि. अर्थात डिस होमको कार्यालयमा बारम्बार सरकारले क्लिन फिड नीति लागू गर्दै छ भनेर थाहा हुँदा पनि तयारीमा किन ढिला गरेको भन्ने प्रश्न गर्दै आएका छन् । यो र यस्तै प्रश्नमाथि डिस मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक सुदिप आचार्यले डिसहोस एउटा प्रदायक मात्र हो क्लिन फिड ब्रोकाष्टरको काम भएको बताए ।
'क्लिन फिड नीति लागू गरेसँगै डिस होमका ग्राहकमाथि शुल्क बढ्ने छ ' प्रबन्ध निर्देशक सुदिप आचार्यले भने-'हामीले ब्रोकाष्टरहरुसँग कुराकानी गरिरहेका छौं कम भन्दा कम मूल्यमा क्लिन फिड च्यानल ल्याउन कोशिस गरिरहेका छौं, अबको कही दिनभित्र क्लिड फिडमा धेरै च्यानल आउनेछन् ।'
डिसहोमका ग्राहकको गुनासोलाई सम्बोधन गर्दै डिस मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक सुदिप आचार्य
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस