Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः क्लिनफिड लागू हुने, विज्ञापनकाे बजार बढ्ने

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १९ : २६ मा प्रकाशित

अन्ततः क्लिनफिड लागू हुने, विज्ञापनकाे बजार बढ्ने

अर्थ संसार, काठमाडौं - सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुलाई बिना विज्ञापन  (क्लिन फिड) प्रसारण अनुमति दिने भएको छ। 

ऐन प्रारम्भ हुँदाको वखतमा विदेशी च्यानलसँग डाउनलिङ्ग गरी प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात् कार्तिक ७ गतेदेखि विज्ञापनरहित प्रसारण गर्न पाउनेछन् ।

संचार तथा सूचना मन्त्रालयले सूचना जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कात्तिक सात गतेदेखि नेपालमा क्लिन-फिड लागू हुने मन्त्रालयले जानकारी गराएको छ।

क्लिन फिड लागू भएपछि नेपालको विज्ञापन तथा मिडिया उद्योगलाई ठूलो राहत मिल्नेछ भने विज्ञापन बजार बढ्नेछ 

मन्त्रालयद्वारा जारी सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको