Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले बोलायो वार्षिक सभा, शेयरधनीको हातमा लाभांश कति ?

अर्थ संसार

शुक्रबार, ०७ कार्तिक २०७७, १६ : ०४ मा प्रकाशित

सानिमा बैंकले बोलायो वार्षिक सभा, शेयरधनीको हातमा लाभांश कति ?

अर्थ संसार, काठमाडौँ - सानिमा बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे हिजाे (कार्तिक ६ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे उक्त सभा कार्तिक २८ गते, शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिनेछ । 

यस्तै  आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

यसैगरी सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको