Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे क्यापिटलको वार्षिक सभा कहिले ?

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, १५ : ०७ मा प्रकाशित

माछापुच्छ्रे क्यापिटलको वार्षिक सभा कहिले ?

अर्थ संसार, काठमाडौँ - माछापुच्छ्रे क्यापिटल लिमिटेडले पहिलाे वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पहिलाे वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, एमबिएल टावर, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ, भने कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यसैगरी, सभामा ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । यसका साथै, कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टसँग भएको मर्जर सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको