Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

सोमबार, १७ कार्तिक २०७७, १४ : ११ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (कार्तिक १७ गते, साेमबार) २ कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड र गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सूचिकृत भएको हो । जसमध्ये एक कम्पनीको बोनस शेयर र अर्को कम्पनीको हकप्रद शेयर सूचिकृत भएकाे छ । 

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १३ लाख ७३ हजार एक दशमलव ७५०९ कित्ता बाेनस शेयर र  गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर सूचिकृत भएकाे नेप्सेले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको