सं. २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पूँजीबजार चार दशक सम्म पनि अन्तराष्ट्रिय मापदण्ड अनुरुप हुन नसक्नु विडम्बनापूर्णनै छ । अझैं पनि नेपालको पुँजी बजार पुर्ण रुपमा विकसित हुन सकिरहेको छैन् । पुँजीबजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरु अझै सुधार गर्नुपर्ने छ । यसका साथै प्रशिक्षण तथा जनचेतना अभबिवृद्धिलाई क्रमिक रुपमा बढाउँदै लानु पर्ने देखिन्छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउँन चाहने लगानीकर्ता हच्किनु पर्ने स्थ्ति छ । हाम्रो बजारमा सेयर साक्षरताको अझैँ कमि छ । यसका साथैँ पुँजी बजारको विकास र बिस्तारको लागि हामिले उठाएका जायज मागहरुको सम्बोधन यथा समयमा नहुने र सम्बन्धित निकायहरु आ आफ्नो जिम्मेवारीबाट विमुख रहँदा पुँजी बजार अस्थीर रहेको देखिन्छ ।
चार बर्षको निरन्तर गिरावटबाट १८८१ अंक सम्म पुगेको नेप्से ईन्डेक्स केही समय पछी १००० को लाईनमा आई परिसुचक पून: १६६८ सम्म पुग्दा धेरै लगानीकर्तालाई लागेको थियो होला कि अब बजार प्रवेश गर्न ढिलो भैसक्यो। तर बजारमा बिल्कुलै त्यस्तो हुँदैन । बढ्दो बजारले बिश्वासको बातावरण सृजना गर्दै अवसरको दायरा झन् बढाउँदै लैजाने हुँदा यो समयमा राम्रा राम्रा कम्पनी छनौट गर्दै लगानी बढाउनु बुद्दिमानी हुन्छ। घट्दो बजारमा सेयरको कुरा सुन्ने बित्तिकै नाँक खुम्च्याउनेहरु र सेयर बारे जानकारी नै नभएकाहरुले समेत निरन्तरको बढ्दो बजारसँगै चासो देखाउने गरेको पाईन्छ। जसरि भ्याकुम क्लिनरले फोहोरहरुलाई तानेर एकतृत गर्छ, त्यसैगरी बढ्दो बजारले पनि भ्याकुम बनेर लगानिकर्ताको पैसालाई सोहोरेर बजार पूँजीकरणको थुप्रोलाई बढाउँदै लैजान्छ। बजारको बढ्दो सरगर्मी सँगै पुराना, संस्थागत, अवसर कुरिरहेका तथा नवप्रवेशीहरुको संख्या बढ्दै जान्छ र यसले थप उचाईको आधार तय गर्दै जान्छ ।
सेयर बजारलाई कतातिर डोहोर्याउने भन्ने कुरा लगानिकर्ताको मनोबोज्ञानले नै तय गर्ने बिषय हो। सेयर बजारको बिषयलाई लिएर समाचार संप्रेषण गर्ने मिडियाहरुले लगानिकर्तालाई सबैभन्दा बढी भ्रमित र आशाबादि पार्ने गरेको पनि पाईन्छ। यस्ता हेडलाईनका समाचारहरु पनि ध्यान पुर्याउने गर्नुपर्छ । त्यस्तै निरन्तर घट्दो बजारमा गुमनाम दुलो भित्र पसेर हराईरहेका बजार पंडितहरु दुई चार दिन बजार के बढेको हुँदैन, बजारले आफ्नो बाँटो तय गर्यो "अब छिट्टै यति सय चुम्छ, उति सय सय चुम्छ।" जस्ता धुनि बजाउन सुरु गर्छन्। सेयर बजार भनेको दुई दिनको बजार हैन। दुई चार दिन बढ्दैमा अब संसारनै जितीने अनि दुई चार दिन घट्दैमा संसारनै सकिने पनि हैन। बजारको आफ्नै लय हुन्छ, आफ्नै चाल हुन्छ। बिभिन्न परिस्थितीले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ।
बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरुले बजारलाई घटाउँन सहयोग पुर्याउँछ । देशको राजनितिक अबस्था, अन्तराष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सराकरको पूँजीबजार प्रतिको दृष्ट्रिकोण, समय समयमा हुँने निति नियमको परिवर्तन बजार मैत्री नहुनु, समय समय फैलने बिभिन्न अफवाहरु रहेका हुन्छन् र आन्तरिक चुनौतीहरुलाई सम्बन्धित निकाय मार्फत नियन्त्रण र सुधार गर्न सकिन्छ भने बाह्य चुनौति सोचेजस्तो हिसाबले समाधान गर्न गार्हौ हुन्छ र नियन्त्रण बाहिर हुन्छ भने बजारमा माग पक्षमा हुँदै गरेको बृद्धि, ब्याजदरमा गिरावटका साथै स्थिरता, सरकारी खर्चमा बृद्धि, अधिकांश कम्पनीहरुको उत्साहजनक मध्यावधी, बित्तिय बिवरण, ब्रोकर मार्फत मार्जिन लेण्डिङ , मार्केट मेकरको उपस्थिति, बैदेशिक लगानी भित्र्याउने प्रकृया जस्ता प्याकेज नै सेयर बजारको लागी बढ्ने बिश्वाशको बलियो आधार हुन् ।
सेयर बजारमा लगानिकर्ताका दुई प्रमुख सत्रु हुन् लोभ र डर वा त्रास । यसबाट हामि सदैव टाढा बस्नुपर्छ । लोभ : बजार बढ्दा अब सँधै बढ्छ, बढिनै रहन्छ, कुनै बेला घट्छ पनि भनेर सोच्ने फुर्सदनै हुँदैन। यस सँगै डर र त्रास: बजार घट्दा अब सँधै घट्छ, घटिनै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने बिश्वाशनै हुँदैन। बजार सँधै बढ्दैन अनि सँधै घट्दैन पनि। बढेपछी घट्छ अनि घटेपछी बढ्छ। बजारका यि दुई प्रमुख सत्रु चिनेर समय अनुसार चल्ने लगानीकर्तानै हो बजारबाट कमाउने अनि सँधै टिकिरहने पनि । जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अबश्य हुन्छ । सेयर बजारलाई जती अबसरको खानिको रुपमा लिइन्छ, त्यस्मा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन ।
आफुसँग भएको राम्रो कम्पनीको सेयर मुल्य सोचेजस्तो नबढ्ने तर आधारभुत पक्ष कमजोर भएका कम्पनीको मुल्य तिब्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल सम्झेर पित्तललाई चाहिं सुन सम्झेर पोर्ट्फोलियो परिवर्तन गर्नेहरु धेरै भेटिन्छन् जुन सबैभन्दा घातक पनि हुनसक्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानिकर्ता पनि त्यत्तिकै भेटिन्छन्। र, तिनै मृत्युको मुखसम्म पुँग्ने गरेका पनि छन् । आफुसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउँ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै बेवकुफी हुन जान्छ । आँफुले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नुपर्दछ । यूवा भनेको सिंगो देश बोक्नसक्ने बलियो मेरुदण्ड हुन् आफैंमा एउटा उर्जाशिल शक्तिले भरिएको युगको सुन्दर बिहानी हुन् ।आजका यूवानै भोलीका कर्णधार हुन्, भोलीको दिनमा सबै क्षेत्रको नेतृत्व लिने अहिलेका यूवाले नै हो । त्यसैले यूवाहरु सेयर बजारमा आवद्द हुनु एकदमै जरुरी रहेको छ ।
# युवा अवस्थामा कमाउन नसकिएला तर यो बेला संचितीनै कमाई हो भन्ने कुरा युवाहरुलाई सिकाउन जरुरी छ।
# युवा अवस्था मा युवा युवती कुलतमा लाग्ने गरेको पाईन्छ । बिकल्प नहुँदाको परिणाम हो यो । सेयर बजार यसको बिकल्प हुन सक्छ ।
# थोरै रकमले ब्यापार ब्यवसाय गर्न सकिन्न तर सानो भन्दा सानो बचत पनि सेयरमा लगाएर आम्दानी गर्न सकिन्छ।
# सुरु मै धेरै कमाउन नसकिएला तर यो समय कमाउने भन्दा पनि सिक्ने , बुझ्ने अभ्यस्त हुने, बेला हो ।
# पढाईमै धेरै समय खर्चिनु पर्ने हुँदा अन्य कामको लागी समय हुँदैन। तर सेयर बजारलाई धेरै समय दिनु जरुरी छैन।
# पत्र पत्रीका , मिडिया , सामाजिक संजाल , साथी भाईबाट पनि सेयर बजार बारे जानकारी लिन सकिन्छ ।
# युवा अवस्थामा खर्च गर्ने मात्र थाहा हुन्छ । आम्दानी र बचतमा अरुको भर पर्नु पर्ने हुँदा यस बारे केहि थाहा हुँदैन र थाहा पाउन आवश्यक पनि ठानिदैन । तर यही बेला देखी युवा युवतीले आम्दानी, खर्च, बचत र यसको ब्यवस्थापन बारे ज्ञान पाए भने अभिभावकमा पनि आर्थीक भार कम हुन जान्छ। यसको लागी सेयर बजार उत्तम बिकल्प हो ।
# पछिल्लो समयमा आएर सेयर बजारमा युवा युवतीको संलग्नता बढ्दै गएको पाईन्छ । खाजा खर्च , फजुल खर्च कटाएर सेयर बजारमा लगानी गर्ने गरेको पाईन्छ जुन राम्रो कुरा हो।
# अझ भन्ने नै हो भने स्कुल तह देखी नै सेयर सिक्षा दिन जरुरी छ ।
पाठ्यक्रममा पनि यसलाई समावेश गर्न सके धेरै राम्रो हुन्छ। सरकार र धितो पत्र बोर्डले आफ्ना मातहतमा रहेका निकायलाई काम गर्न दबाब सिर्जना गरिदिने हो र कडा निर्देशन गरिदिने हो भने हाम्रो बजार पनि आधुनिक, प्रबिधि मैत्री, अन्तराष्ट्रिय स्तरको र सबै नेपालीको पहुँचमा पुग्न सक्ने थियो । सरकार र नियामक निकायहरुले वेला वेलामा गलत निर्णय र गलत अभिब्यक्तिका कारण लगानीकर्तामा अन्यौलता सिर्जना भई कोमामा पुगेको कुरा सर्बबिधितै छ । आमलगानी कर्ताको भावनामा गम्भीर असर पर्दै पुँजीबजारप्रति निरुत्साहित बनाएको पाइन्छ । बजार बिस्तारको कामहरु कार्यान्वयनमा देखिएको कमजोरी र रणनीतिक कामहरु अबरुद्ध हुँदा, नियमनकारी निकायको उदासिनताले पुँजी बजारमा वेला वेलामा गंभीर समस्या ल्याउँदै लगानीकर्ताको बिचमा चरम निराशाको अबस्था उत्पन्न हुँने गरेको छ ।
१५ लाख भन्दा बढी लगानीकर्ताहरुको सम्पत्तीको सुरक्षामा गंभिर चुनौतिहरु देखा पर्ने गर्दछन् । र त्यसकारण नेपाल सरकारले पनि पुँजी बजार प्रति हेर्ने दृष्टिकोण स्पष्ट र सकरात्मक हुनुपर्दछ । आर्थिक विकासको लागि पूँजी बजारको बिकास अपरिहार्य छ ।चार दशक बढीको समयमा काटिसक्दा पनि यो बजार अझैं बामे सर्दै गरेको अवस्थामा रहेको हुँदा यस्को बिकास र बिस्तारमा सरकार, नियामक निकाय, लगानीकर्ताहरु सहित अन्य सरोकारबालाहरुले ध्यान दिन जरुरी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस