Like us!
Follow us!
Connect us!
Watch us!

शेयरधनीलाई मख्ख पार्ने वित्तिय विवरण सार्वजनिक गर्यो रिलायन्स लाइफले

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, ११ : ०० मा प्रकाशित

शेयरधनीलाई मख्ख पार्ने वित्तिय विवरण सार्वजनिक गर्यो रिलायन्स लाइफले

अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा इन्सुरेन्सको नाफा ६२.४३ प्रतिशतले बढेर ३ करोड ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ करोड ८५ लाख १४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक वृद्धि भएको छ । पहिलो त्रैमाससम्ममा खुद बिमा शुल्क ९१.९७ प्रतिशतले बढेर ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २४ करोड २३ लाख ३७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । खुद बिमा शुल्कमा आएको वृद्धिले पनि नाफा बढाउन सहयोग गरेको हो । 

असोज मसान्त सम्म आइपुग्दा जीवन बिमा कोष १४६.९१ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जीवन बिमा कोषमा ५६ करोड ५२ लाख ४१ हजार रुपैयाँ मात्रै थियो । असोज मसान्तसम्ममा रिलायन्स लाइफको प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा छ । 

लगानी गरेका ६८ कम्पनी डुबे, म सधैं नाफामाः पुराना सेयर खेलाडी डमरूबल्लभकाे अनुभव । Damaru Ghimire

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको